विदेशबाट फर्केकालाई सरकारी सम्मान

विदेशबाट फर्केकालाई सरकारी सम्मान

वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गरेका उद्यमीहरु सम्मानित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसरी फर्केर नेपालमा नै उद्यम गर्ने आठ जनालाई आज सम्मान गरेको हो ।

मन्त्रालयमा आयोजित कार्यत्रममा उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरिएको छ । मन्त्रालयले सात जना उद्यमीलाई ७५ हजार बराबरको उद्यमी राष्ट्र पुरस्कार र एक जनालाई १ लाख ५० हजार रुपैयाँ बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले विदेशमा कमाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चले पनि वैदेशिक रोजगारीमा जाँदा सर्वसाधारण ठगिने अवस्थाको अन्त्य गर्न नसकिएको धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले विदेशबाट फर्किएर नेपालमा नै उद्यम गर्नेलाई बैंकहरुले सहुलियत कर्जा दिए नदिएको बारे पनि मन्त्रालयले अनुगमन गर्ने बताउनुभएको छ ।

टिप्पणीहरू