चितवनमा पनि शिक्षकद्वारा बालिकामाथि दुव्र्यवहार
बालिकाहरुमाथि शिक्षकहरुद्वारा दुव्र्यवहार गर्ने प्रवृत्ति जताततै बढेको छ । पछिल्लो पटक उक्त प्रवृत्ति चितवनमा देखिएको हो ।
दुई जना बालिकालाई दुव्र्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्रेको छ । भरतपुर १३ गंगानगरस्थित श्री माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत अन्दाजी १३ वर्षकी नाबालिकालाई सोही विद्यालयका शिक्षक तथा स्थानीय ५८ वर्षे फणिन्द्र भट्टराईले दुव्र्यवहार गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्रेको छ ।
त्यसैगरी सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत अन्दाजी १२ वर्षकी बालिकालाई शिक्षक तथा स्थानीय ५२ वर्षे विमलप्रसाद देवकोटाले दुव्र्यवहार गरेको उजुरीपछि प्रहरीले उनलाई पनि पक्रेको छ ।
ती दुवै शिक्षकले बालिकाहरुलाई कक्षामा पढाउने क्रममा विभिन्न बहानामा उनीहरुको संवेनशील अंग सुम्सुम्याउने गरेको भन्दै अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमा हिजो जाहेरी दिएका हुन् ।
ती शिक्षकलाई हिजै पक्रेर आज जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान गरिएको बताइएको छ ।
टिप्पणीहरू