छात्रामाथि यौन दुर्व्यवहार गर्ने अर्का गुरु समातिए
आफ्नै विद्यालयमा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले हिजो साँझ नियन्त्रणमा लिएको हो ।
त्यसअघि आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हिजो साँझ कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका थिए । घट्नालगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिए ।
शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यवहार गर्दै आएकोमा हिजो दुई छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय विद्यार्थी नेताले जानकारी दिए ।
टिप्पणीहरू