एनएमबीको हेरिटेज वाक भोलि बिहान
एनएमबी बैंकले विगतमा झैँ यो वर्ष पनि हेरिटेज वाक कार्यक्रम गर्ने भएको छ । सम्पदाको संरक्षण गर्ने उद्देश्यले बैंकले भोलि उक्त कार्यक्रम गर्न लागेको हो । यस पटकको यात्रा ९ औं रहेको बैंकले जनाएको छ ।‘सम्पदाको संरक्षण र सरोकार, सम्पन्न भविष्यको आधार’ भन्ने नाराका साथ हेरिटेज वाक २०२२ गरिने भएको हो । एनएमबी भवन बबरमहलबाट सुरु हुने कार्यक्रम हनुमान ढोका पुगेर समापन हुनेछ ।
हेरिटेज वाक बिहान ७ बजेबाट हुने भएकाले उक्त कार्यक्रममा सहभागी हुन बैंकले सबैलाई आग्रह समेत गरेको छ ।
टिप्पणीहरू