झोलुङ्गे पुलमुनि बोरामा ‘एसएलआर’

झोलुङ्गे पुलमुनि बोरामा ‘एसएलआर’

नेपाली सेनाले बागलुङ र पूर्वी रुकुमको सीमानामा रहेको एउटा झोलुङ्गे पुलमुनि हतियार फेला पारेको छ । स्थानीय पुथा उत्तरगंगा गाउँपालिका ५, स्थित घुस्तुङ खोलाको झोलुङ्गे पुलमुनि ओडारमा बोरामा बेरेर राखेको अवस्थामा ७.६२ मि.मि. एसएलआर राइफलको नाल एक थान, सोको म्याग्जिन र ३०३ राइफलको अगाडिको भाग फेला परेको हो । ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट ‘अपरेशन महाहण्ट ८’ मा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले गरेको खोज तथा तलासीको कारबाहीको क्रममा उक्त हतियार फेला परेको हो ।हतियार फेला परेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

टिप्पणीहरू