सम्पदा संरक्षणमा एनएमबी बैंकको जोड
एनएमबी बैंकले आयोजना गरेको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को प्रकोपपछि रोकिएको यो वाक आज दुई वर्ष पश्चात् आयोजना गरिएको हो ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको निम्ति सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य, युनेस्कोको सदस्य तथा सर्वसाधारण गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको जानकारी दिएको छ ।
एनएमबी भवन, बबरमहलबाट प्ले कार्डसहित सहभागीहरुले हेरिटेज वाक गरेका हुन् । यस्तै कार्यक्रम प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चल प्रदेशमा समेत आयोजना गरिएको छ ।
प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिर, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरको सरसफाई गरेको बताइएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, सोसाइटीका सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोका कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वकोबारे प्रकाश पारेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।
टिप्पणीहरू