६५ देशलाई उडान प्रतिवन्ध लाग्दा केही देशलाई किन लागेन ?
नेपाल सरकारले एक हप्तासम्म ‘नेपाललाई लक डाउन’ गर्ने घोषणा लागू गर्नु/हुनुअघि नेपाल सरकारले नेपालमा कोरोनाभाइरसको महामारी पैmलन सक्ने भनी विश्वका ६५ देशको हवाई उडानलाई नेपाल आउन प्रतिवन्ध लगाएको थियो । जुन कुरो धेरैले नेपालीले बिर्सिसके होलान् । जे भए तापनि जनसाधारणले सुन्दा र व्यवहारमा हेर्दा सरकारको सो कदम धेरै राम्रो थियो । तर, अचम्म के भने, सोही अवधिमा भारत, चीन, थाइल्यान्ड, सिंगापुर लगायत देशहरुबाट भने नेपालमा निर्वाध रुपमा हवाई उडान भई रहेको थियो, लकडाउनको निसम्म पनि । । वास्तवमा त्यो वेला ४५ वटा देशको हवाईजहाजहरु नेपालमा आई नै रहनु भनेको अचम्मै भई रहेको थियो ।
स्मरणीय छ, विश्वमा १९५ वटा संयुक्त राष्ट्र संघमा आवद्ध भएका देश र बाँकी अन्य (अरु देशको अह्रन–खटनमा चल्ने, सार्वभौम सम्पन्न नभएको टापु देशहरु) देश गरी लगभग २२० वटा देशहरु छन् । तर, केकति कारणले गर्दा हो, नेपाल सरकारले त्यो वेला केवल ६५ देशका हवाईजहाजलाई मात्रै नेपाल आउन प्रतिवन्ध लगाएको थियो । आखिर किन सरकारले ६५ देशको हवाई सेवा नेपाल आउन प्रतिवन्ध लगाउँदै गर्दा बाँकी ४/५ वटा देश (भारत, चीन, थाइल्यान्ड, सिंगापुर लगायत) हरुबाट भने त्यो वेला निर्वाध रुपमा आउन दिईयो ? के त्यो वेला भारत, चीन, थाइल्यान्ड, सिंगापुर लगायत देशहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको थिएन ? वा त्यो वेला कम प्रभावित थियो ? जे होस्, नेपाल सरकारले त्यो वेला ६५ देशको हवाईजहाजलाई नेपाल आउन प्रतिवन्ध लगाउँदा पनि छिमेकी देशहरु भारत र चीन एवम् थाइल्यान्ड, सिंगापुर लगायत माथि उललेखित देशहरुले निर्वाध रुपमा नेपालमा उडान गर्न किन पाएका थिए ? भनी नेपालका मै हुँ ! भन्ने कुनै माइकलालले पनि केही प्रश्न गरेनन् । केही लेखेनन् । केही बोलेनन् । त्यहाँ पनि अर्को आठौं आश्चार्य देखियो ।
अरु त अरु नै भए, नेपालमा सही, साँचो, वास्तविक, खोज मूलक, यथार्थ परक र विश्लेषणात्मक ! समाचार दिन्छौं, फिचर तयार पार्छौं/लेख्छौं/छाप्छौं ! भन्ने नेपाली मिडियाहरुले पनि माथि उल्लेखित घटनाबारे खासै केही (छुस्स !) लेखेको देखिएन । जबकि नेपाली मिडियाहरुको कर्तव्य भनेको अन्य ६५ देशका हवाई सेवा कम्पनीहरुले नेपालमा उडान भर्न प्रतिवन्ध भोग्दै गर्दा छिमेकी देश भारत र चीन अनि थाइल्यान्ड, सिंगापुर लगायत देशका हवाई कम्पनीहरुले चाहिँ किन प्रतिवन्ध भोग्नु परेन ? भन्ने बारेमा वास्तविक र तथ्यपरक समाचार वा फिचर लेख्नुपर्ने थियो । यो नै नेपाली मिडियाहरुको मूल धर्म हुन सक्थ्यो ।
स्मरणीय छ, सरकारले चैत ९ गते रातिदेखि लागू हुने गरी सुरुमा १० दिनसम्मका लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो भने ‘लकडाउन’को घोषणासँगै वैसाख ३, २०७७ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हाल वैसाख १५ गतेसम्म फेरि थपेको लकडाउनसँगै वैसाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरेको छ । तर, गत चैतको ९–१० गतेसम्म पनि सिंगापुरको सिल्क एयर लगायतले आप्mनो देशबाट यात्रु लिएर जबरजस्ती नेपाल आएको थियो । यसरी हेर्दा उडान प्रतिवन्धको सूचीमा रहेका ६५ देशमा भारत, चीन, थाइल्यान्ड, सिंगापुर लगायत देशहरुलाई पनि थपेर नेपाल सरकारले त्यो वेला किन ६९, ७०, ७१, ७२, ७३, ७४ … वटा देशको सूची बनाएन ? यसबारेमा माथि नै भने भैmँ चासो लिनुपर्ने मिडियाहरुले नै चासो नलिएपछि अरु जिज्ञासुहरुले पनि खासै चासो लिएनन् । बिहान के खाऔं, बेलुकी के खाऔं ! को स्थितिमा रहेका कतिपय सर्वसाधारण नेपालीहरुलाई त यसबारे थाहा हुने कुरो पनि भएन, उनीहले यस्ता विषयमा चासो लिने कुरो पनि भएन ।
नेपालबाट प्रकाशित हुने विभिन्न दैनिक पत्रपत्रिका र अनलाइनहरुमा केही न केही लेखी टोपल्ने, केही न केही जान्ने सुन्ने हँु भन्ने, केही न केही बुभ्mने हुँ भन्ने, म जस्तो ‘केहीनजान्ने कुलुङे ढाक्रे’ले त माथिको घटना र परिघटनाहरु थाहा पाउन ‘अनलाइन खबर न्युज पोर्टल’मा सो अनलाइनका सम्पादक अरुण बराल ज्युले विसं २०७६ चैत २४ गते लेखेको ‘हेल्लो सरकार ! धमिलो पानीमा माछा नमारौं’ शीर्षकको लेख पढ्नु पर्यो भनेपछि अरु … नेपालीहरुको त के कुरो भो र ! यसरी ‘हेल्लो सरकार ! धमिलो पानीमा माछा नमारौं’ शीर्षकको लेख पढेपछि ढीलै भए पनि मैले के बुझँे भने, त्यो वेला नेपाल सरकार र राजनीतिक पहुँचको सदुपयोग (दुरुपयोग होइन है !) गरेर नेपालका ठूला भनिएका राजनीतिक र ती दलका नेताहरु, उद्योगीहरु, व्यवसायीहरु र व्यापारीहरुका छोराछोरी, नातागोता, आफन्त र ईष्ट–मित्रहरुलाई निर्वाध रुपमा नेपाल आउन दिनलाई पो अरु (६५ देश) देशका हवाईजहाजलाई नेपालमा उडान गर्न रोकेको भए तापनि चीन, भारत, थाइल्यान्ड, सिंगापुर लगायतका देशका एयरलाइन्सहरुलाई भने निर्वाध रुपमा नेपालमा उडान गर्न दिइएको रहेछ । र, सोही अनुसारको वातावरण बनाएको रहेछ ।
सायद नेपालका ठूला भनिएका राजनीतिक दल, ती दलका ठूला नेताहरु र नेपाल सरकारमा रहेका प्रभावशाली व्यक्तिहरुलाई यस्तो कार्य गर्न वाध्य पार्नेहरुमा माथि नै उल्लेखित ‘नेपालमा सही, साँचो, वास्तविक, खोज मूलक, यथार्थपरक र विश्लेषणात्मक ! समाचार दिन्छौं, फिचर तयार पार्छौं/लेख्छौं/छाप्छौं ! भन्ने नेपाली मिडियाका सञ्चालकहरु र ती मिडियामा कार्यरत सम्पादक तथा वरिष्ठ ! भनिएका पत्रकार नै पनि संलग्न थिए कि ? धेरै हदसम्म यो संभावना देखिन्छ ।
हुन त शब्द सुन्दा मान्छेलाई नमीठो लाग्न सक्छ । तर, लकडाउन सुरु हँुदै गर्दा भारतीय नाकाबाट भेडाबाख्रा (विचरा ती सबै म जस्तै गरिब र गरिबका छोराछोरीहरु हुन् । तापनि भेडाबाख्रा भन्ने शब्द नै चयन गरेँ है ! रिसानी माफ गर्दिनु ल कमरेडहरु !!) सरह छिरेका नेपालीहरु र कोरोनाको महामारीलाई नेपालमा पैmलन नदिन वा भनौं रोक्नका लागि भनी ! विश्वका ६५ देशको हवाई सेवालाई नेपालमा प्रतिवन्ध लगाइएको भए तापनि सो अवधिमा भारत, चीन, थाइल्यान्ड, सिंगापुर लगायत देशबाट आएका र, नेपालका ठूला नेता भनिएका, उद्योगी, व्यवसायी र व्यापारी भनिएकाहरुका छोराछोरी, नातागोता, आफन्त र इष्ट–मित्रहरुले उनीहरु आएको वा आउने क्रममा विभिन्न देशमा ट्रान्जिट हँुदा कोरोनाको संक्रमण नलिई आए होलान् त ?
फेरि त्यसरी भारतीय नाकाबाट भेडाबाख्रासरह जताभावी छिरेका नेपालीहरु र राजनीतिक पहुँच र राज्य–सत्ताको सदुपयोग गर्दै नेपाल आएका नेपालका ठूला नेता भनिएकाहरु, उद्योगी, व्यवसायी र व्यापारी भनिएकाहरुका छोराछोरी, नातागोता, आफन्त र इष्ट–मित्रहरु (जसलाई भेडाबाख्रा नभनेर सज्जन र भलाद्मी महानुभावहरु भन्नु पर्ला !) नेपालमा कहाँ र कुन हालतमा छन् ? के उनीहरुले कोरोना नपैmलियोस् भनी अपनाउनुपर्ने विधि विधानहरु अपनाएरै बसेका होलान् त ? अब ती र राजनीतिक पहुँच र राज्य–सत्ताको सदुपयोग गर्दै नेपाल आएका नेपालका ठूला नेता भनिएकाहरु, उद्योगी, व्यवसायी र व्यापारी भनिएकाहरुका छोराछोरी, नातागोता, आफन्त र इष्ट–मित्रहरु जो सज्जन र भलाद्मी महानुभावहरु हुन् ! उनीहरुमा पनि काठमाण्डौको पेप्सीकोला क्षेत्रमा रहेको टाउनप्लालिङ एरियाको ‘सन सिटी’ नामक अपार्टमेन्टको ‘ब्लक ए’मा जस्तै कोभड–१९ देखिएमा के होला ? अहिलेलाई यत्ति प्रश्न गर्दै विदा भए है कमरेडहरु !
नोट : थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
टिप्पणीहरू