नबिल बैंकको परोपकारी अभियानसँग सम्झौता
दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनकालागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा गत चैत २५ र २६ गते युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने विषयमा दुई दिने कार्यशालाको प्रायोजन गरेको छ । बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवद्र्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ । कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने बताइएको छ ।
टिप्पणीहरू