बालुवामा फसेको ह्वेलमाछाको उध्दार
उध्दारकर्ताहरूले पूर्वी चीनको चच्याङ प्रान्तको गहिरो पानीको किनारमा फसेको ह्वेललाई २० घण्टाको लगातार प्रयासपछि उध्दार गर्न सफल भएका छन्।
बुधबार बिहान उध्दारकर्ताहरूले यो विशाल ह्वेललाई फसेको ठाउँबाट निकालेर समुद्रको गहिरो पानीमा छोडेका थिए। यो घटना मंगलबार बिहान निङ्बो शहरको सियाङशान काउन्टीमा घटेको हो ।
स्थानीय माछापालन प्रशासन र दमकलका कर्मचारीले तत्कालै उध्दार कार्य गरेका थिए । ह्वेलमाछा २० मीटर लामो थियो भने माछा फसेको समुन्द्र छेउको स्थानमा ठूलो खाडल बनेको थियो ।
श्रोत: सिन्ह्वा
टिप्पणीहरू