मास्क फुकाल्ने बितिक्कै लगाउने उर्दी

मास्क फुकाल्ने बितिक्कै लगाउने उर्दी

श्रीलंकाका नागरिकलाई फेरि मास्क लगाउन आदेश दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क लगाउनुपर्ने नियमलाई हटाइएको यसअघिको निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिकस्थलमा मास्क अनिवार्य गरेको हो । सार्वजनिकस्थलमा चलिरहेको विरोध कार्यक्रमलाई ध्यानमा राख्दै मास्कलाई अनिवार्य बनाइएको हो ।

पछिल्लो समय श्रीलंकामा देखिएको आर्थिक संकटलाई राम्रोसँग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । हजारौं मानिस एकै ठाँउमा जम्मा भइरहेका छन् । भौतिक दूरीको पालना भएको छैन । राष्ट्रपति र सत्तामा रहेका अरू दलका नेताको राजीनामा माग गर्दै बृहत आन्दोलन भइरहेको छ ।

प्रदर्शनकारीहरूले मास्क नलगाएर नियमको उल्लंघ गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसका कारण मास्क लगाउनुपर्ने प्रावधानलाई फेरि लागू गरिएको हो ।

त्यहाँको सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने निति लिएको थियो । श्रीलकांले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै पहिलो पटक सार्वजनिकस्थलमा मास्क लगाउने र सामाजिक दूरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो ।

चर्को आर्थिक संकटका कारण श्रीलंकमा मास्कको समेत अभाव छ । डलर सञ्चिति पर्याप्त नभएकाले विदेशबाट औषधिलगायतका सामानको आयातसमेत कटौती गरिएको छ ।

टिप्पणीहरू