सवारी साधन चोरीमा १८ वर्षे किशोर संलग्न
काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका आठ थान स्कुटरसहित सवारी साधन चोरीमा संलग्न भएको अभियोगमा धुलिखेल नगरपालिका–११ घर भएका १८ वर्षीय किशोरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले गत बुधबार एक जना किशोरलाई चोरी भएको एक थान स्कुटरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा अरु पनि समातिएका हुन् । उनीहरुले राजधानीका विभिन्न स्थानबाट चोरेका स्कुटर लुकाई राखेको खुलेपछि प्रहरीले अन्य सात थान स्कुटर पनि फेला पारेको हो ।
उनीहरूलाई चोरी कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू