अब नेपालबाट भर्चुअल मुद्रा खरिद बिक्री गर्न नसकिने
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमार्फत हुने भर्चुअल मुद्राहरु क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवालगायतका वेबसाइट र एप बन्द गरेको छ ।
प्राधिकरणले त्यस्ता अनलाइन र एप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाइने भएकाले निषेधका साथ ती एपहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ । यस्ता थप अनलाइन र एपका बारेमा जानकारी भए गराउन पनि प्राधिकरणले सबैलाई अनुरोध समेत गरेको छ ।
पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले क्रिप्टो र हाइपर फण्ड जस्ता अवैध नेटवर्किङ व्यवसायमा लगानी बढाएपछि यसको असर रेमिट्यान्स अप्रवाहमा देखिएको हो । साथै, अन्य हिसाबले त्यसमा भुक्तानीको लागि विदेशी मुद्राको दूरुपयोग गरिएको पाइएपछि पछिल्लो कदम चालिएको बताइएको छ ।
टिप्पणीहरू