नेपालीको प्रतिव्यक्ति आय बढ्यो
नेपालको प्रतिव्यक्ति आय १३ सय ७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक विवरणअनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३ सय ७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा १२ सय ३९ अमेरिकी डलर रहेको थियो ।
विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने प्रतिव्यक्ति आय ११ सय ५६ अमेरिकी डलर थियो । विभागले आज राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो ।
जसअनुसार यसवर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरि ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।
टिप्पणीहरू