ट्याक्टरको इञ्जिनमा च्यापिएर शिव पोखरीमै बिते
सप्तरीको बोदेबसाइन नगरपालिका–७ को मुसहरी टोलमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ ।
हिजो साँझ खेतको काम सकेर घर फर्किने क्रममा प्र.२–०१–००१ त. २००१ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिँदा ट्याक्टरको इन्जिनले च्यापिएर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिए ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी दुर्घटना भएको ट्याक्टरलाई झिकेर थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टिप्पणीहरू