चितवनमा अर्की महिलालाई पनि बाघले खायो
चितवनमा बाघको आक्रमणबाट फेरि अर्की एउटी महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई आज अपरान्ह बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बाघले आक्रमण गरेको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट टोली घटनास्थलमा खटिएको थियो । टोलीले लाश जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।
टिप्पणीहरू