कृष्णमुरारी भण्डारी
धर्म संकटमा पार्टी, छितरवितर जेनजी !
हिजोआज सामान्य अप्ठ्यारो पर्यो कि धर्मसंकट भन्ने गरिन्छ तर शब्दकोशले अथ्र्याएको वा लोक व्यवहारको कसी लगाएर जान्न खोज्ने हो भने धर्मसंकट भनेपछि यससँग गम्भीर नभई सुखै छैन । धर्मसंकट द्विविधा अथवा असमञ्जसको अवस्था हो । जो कठिन छ । धर्मसंकटमा निष्पक्ष हुनै पाइँदैन । पक्षमा जानुस् वा विपक्षमा– धर्मको उल्लंघन भइहाल्छ । जुवाको खाल रहेछ धर्मसंकट । अहिले राजनीतिक दल त्यस्तै संकटमा परेका छन् । उनीहरू जुवाको खालमा छन् कि घना जंगलको दोबाटोमा ? धर्मसंकटमा निर्णय ल…