विकास

चीनको लोभलाग्दो विकास, हाम्रो नेतृत्वको खोई साहस ?

जुन २३ तारिखका दिन । पूर्व निर्धारित कार्यतालिकाअनुसार बिहान ९ बजे जनगणतन्त्र चीनको दक्षिणपूर्वी व्यापारिक शहर हाङचौैका लागि रेलवे स्टेसन पुगिसक्नुपर्ने थियो । यात्रामा रमाउने र आत्मामा उतार्ने बानीका कारण म निकै उत्साहित थिएँ । एउटा सानो सुटकेसमा अत्यावश्यक सामान राखेर व्यवस्थापकको इशारासँगै निस्किएँ । बास बसेको होटलबाट करिब ५० किलोमिटरको दूरीमा रेल–वे स्टेशन थियो । यात्राका लागि टिकट लिइसकेको थिएँ । बेइजिङ्गको पूर्वी भागमा रहेको बेईजिङ्गनान रेल–वे स्टेसन…