त्रिविको ६३ औं ग्रेसलिष्ट पारितसँगै ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को संकल्पमा जोड
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६३ औं ग्रेसलिष्ट पारित भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको विश्वविद्यालयको वार्षिक साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ग्रेसलिष्ट पारित गरेको हो ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले ग्रेसलिष्ट प्रस्तुत गर्नुभएको थियो । सो ग्रेसलिष्ट पारित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी, बैठ…