त्रिविको ६३ औं ग्रेसलिष्ट पारितसँगै ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को संकल्पमा जोड

त्रिविको ६३ औं ग्रेसलिष्ट पारितसँगै ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को संकल्पमा जोड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६३ औं ग्रेसलिष्ट पारित भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको विश्वविद्यालयको वार्षिक साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ग्रेसलिष्ट पारित गरेको हो । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले ग्रेसलिष्ट प्रस्तुत गर्नुभएको थियो । सो ग्रेसलिष्ट पारित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी, बैठकमा आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रम पनि पेश गरिएको थियो । 

बैठकमा बोल्दै कूलपति ओलीले त्रिविलाई एक्काइसौं शताब्दीसँग सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
 

टिप्पणीहरू