विकास शारडा
सिडियो र एसपीकै अगाडि उद्योगीको दावी,‘प्रहरी भन्दा तस्कर एक कदम अगाडि छन्’
उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारडाले जिल्लाका सुरक्षा निकायभन्दा तस्करहरु एक कदम अगाडि रहेको बताएका छन् । सदरमुकाम लहानस्थित मारवाडी सेवा सदनको सभाहलमा हिजो भएको संघको साधारणसभामा उनले सिडियो राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द ईवा लिम्बुतर्फ हेर्दै भने,‘बोर्डरमा तस्करहरु तपाईंहरु भन्दा एक कदम अगाडि छन् ।’ अन्य वक्ताले व्यापार व्यवसायमा देखिएको समस्या व्यक्त गर्दै गर्दा उनले तस्करी नियन्त्रणमा सिडिओ र प्रहरी कार्यालय असमर्थ रहेको गुनासो गरेका ह…