ज्वाला सिंहको जग्गा हडप्ने मातृकाको दाउ
-सन्तोष बराइली
यसअघि सिराहाबाट गोरखा हुँदै रातारात गृह मन्त्रालय तानिएका सिडियो लालबाबु कवारीमाथि पुनः प्रश्न उठेको छ । नागेन्द्र पासवान उर्फ ज्वाला सिहंको नाममा रहेको सिरहाको मिर्चैया ६ स्थित करिब १ बिगाहा जग्गा हडपेका माओवादी नेता मातृका यादवको चक्रब्युहमा उनी परेको बताइन्छ । उक्त घटनाले द्वन्द्वकालमा नेकपा माओवादीको नाममा कब्जा गरिएका जग्गा नेता,कार्यकर्ताले आफ्नो नाममा ल्याएर भोगचलन गरेको रहस्योद्घाटन पनि भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले जनआस्थालाई उपलब्ध ग…