गभर्नर पौडेल विरुद्धको मुद्दालाई अग्राधिकार
नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेललाई सर्वाेच्च अदालतले काममा रोक लगाउन अस्वीकार गरेको छ । तर मुद्दालाई अग्राधिकार दिएर चाँडै फैसला गर्नुपर्ने ठहर गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्व कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले गभर्नरलाई काममा रोक लगाउन अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै मुद्दामा भने अग्राधिकार प्रदान गरेको छ ।
आज निवेदकहरुको तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती, विशाल थापा, विकाश भट्टराई, किर्तिनाथ शर्मा प…