सरकारी बजेटमा पार्टी कार्यालय रंगिन
नेकपा एमाले सिन्धुलीले हालै निर्माण गरेको पार्टी कार्यालयमा अनियमितता भएको आरोप छ । भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि ठेकेदारको भुक्तानीसमेत रोकिएको छ ।
जसरी पनि भुक्तानीका लागि दबाब दिन एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठसहितको टोली शहरी विकास तथा भवन निर्माण कार्यालय पुग्दा कार्यालय प्रमुखको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको बताइन्छ । आजाद स्मृति भवनको अघिल्ला निर्माणमा अख्तियारमा मुद्द…