इटहरी बसपार्क छेउमा हिँडिरहेकी महिला ढलिन्

इटहरी बसपार्क छेउमा हिँडिरहेकी महिला ढलिन्

इटहरी पूर्वको बसपार्क छेउमा हिँड्दै गरेकी एक महिला एक्कासी ढलेकी छन् । केही बेरअघि इटहरी उपमहानगरपालिकामा रहेको बसपार्क छेउमा हिँडिरहेकी महिला ढलेको प्रहरीले जनाएको छ ।

ढलेपछि महिलालाई इटहरी प्रहरी कार्यालय अगाडिको सामुदायिक अस्पताल पुर्याइएको हो । महिलाको परिचय खुल्न नसकेकाले चिन्ने कोही कसैले आफ्न्तसम्म खबर पुर्याइदिन प्रहरीले अनुरोध गरेको छ ।
 

टिप्पणीहरू