कोशीविरोधीको आक्रमणबाट बालबाल जाेगिए माओवादी नेता

कोशीविरोधीको आक्रमणबाट बालबाल जाेगिए माओवादी नेता

कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट पहिचान पक्षधर समूहले उनलाई ताप्लेजुङमा आक्रमण प्रयास गरेको हो । 

आङ्बो चढेको गाडीमा आक्रमणकारीले ढुंगामुढा गर्दा उनी मुश्किलले जोगिएको बताइएको छ । उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । पार्टीको जिल्लास्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेका आङ्ग्बोमाथि फुङ्लिङ नगरपालिकामा आक्रमणको प्रयास भएको प्रहरीको भनाइ छ ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका बिभिन्न जातीय समूहहरु आन्दोलनरत छन् । त्यसैमध्येको एक समूहले हिजो ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडीमा पनि आक्रमणको प्रयास गरेको थियो ।

टिप्पणीहरू