चिनियाँ सीमा नजिकै भारतको ‘हाइड्रोजन मिसन’ परियाेजना स्थापना

चिनियाँ सीमा नजिकै भारतको ‘हाइड्रोजन मिसन’ परियाेजना स्थापना फाेटाे स्राेत : इण्डिया न्युज नेटवर्क

भारतले चीनको सीमा नजिकै नयाँ हाइड्रोजन मिसन थालेको छ । भारतीय सेनाले ‘राष्ट्रिय हरित हाइड्रोजन मिशन’ लाई बढावा दिन महत्वपूर्ण कदम चालिएको जानकारी दिँदै उक्त मिसन थालिएको बताएको छ ।

पूर्वी लद्दाखमा ग्रीन हाइड्रोजनमा आधारित माइक्रो ग्रीड पावर प्लान्ट प्रोजेक्ट स्थापना गर्न राष्ट्रिय थर्मल पावर कर्पोरेसन नवीकरणीय ऊर्जा लिमिटेड (एनटीपीसी आरइएल) सँग सम्झौतामा हस्ताक्षर गरेपछि उक्त मिसनको प्रारम्भ भएको हो ।

उक्त परियोजना भारतको उत्तरी सीमा क्षेत्रमा लक्षित छ । राष्ट्रिय र राज्य ग्रीडमा नजोडिएका चिनियाँ सीमा नजिकैका क्षेत्रमा विद्युत आपूर्तिको निम्ति परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ ।

विशेषगरी सन् २०२० मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको तनावपूर्ण अवस्थापछि अहिले उक्त क्षेत्र पुनः चर्चामा आएको छ । यस परियोजनामा हाइड्रोजन उत्पादनको निम्ति सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू