सबै श्रेणीहरू

अर्थमन्त्री पूर्वबाट, एकीकृत समाजवादीका अध्यक्ष मधेशतिर

अर्थमन्त्री पूर्वबाट, एकीकृत समाजवादीका अध्यक्ष मधेशतिर

भन्सार कार्यालय निरीक्षणका लागि आज बिहान कोशी प्रदेशको राजधानी विराटनगर पुग्नुभएका अर्थमन्त्री डा. प्रकाशशरण महत काठमाडौँ फर्किनुभएको छ । बुद्ध एयरको उडान नम्बर बिएचए ७०८ बाट उहाँ साँझ ५ बजे काठमाडौँ आइपुग्नुभएको हो । 

यता, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जानुभएको छ । बुद्धको उडान नम्बर बिएचए ५११ उडानबाट उहाँ साँझ ६ बजे जनकपुर प्रस्थान गर्नुभएको बताइएको छ ।

अध्यक्ष नेपाल हिजो बिहान सिमरा हुँदै गृहजिल्ला रौतहट पुगेपछि साँझ राजधानी फर्कनुभएको थियो ।