उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनकपुर जान लाग्नुभएको छ । उहाँ बिहान १० बजे त्यता गएर साँझ ५ बजे राजधानी फर्कने कार्यक्रम तय भएको बताइएको छ ।
जलस्रोत तथा सिंचाइमन्त्री आज बिहान दुबईबाट स्वदेश फर्कनुभएको छ । मन्त्री शक्तिबहादुर बस्नेत फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा बिहान सवा ८ बजे काठमाडौं आइपुग्नुभएको हो ।
उहाँ युएईमा आयोजित सौर्य ऊर्जासम्बन्धी सम्मेलनमा भाग लिएर फर्कनुभएको हो ।