सडकमा फोहोर फाल्नेहरु महानगरको फन्दामा

सडकमा फोहोर फाल्नेहरु महानगरको फन्दामा

पर्साको वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराएको छ । सडकमा ल्याएर फोहोर फाल्ने आठ जना जरिवानाको कारवाहीमा परेका हुन् । 

आफ्नो घरबाट निस्किएको फोहोर सडकपेटीमा ल्याएर फाल्ने शेष सुलमानलाई दुई हजार रुपैयाँ, हरि शर्मालाई चार हजार पाँच सय रुपैयाँ र राहुल अग्रवाल र अन्जु बिहनीलाई पाँच हजार रुपैयाँको दरले जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । 

त्यस्तै, ओमप्रकाश साह, सतिशकुमार साह, श्यामलाल कुमार, आर के श्रीवास्तवलाई पनि एक हजार रुपैयाँका दरले जरिवाना गरिएको बताइएको छ । 

महानगरपालिकाले अव्यवस्थित तरिकाले सडक खन्ने एक जनालाई पनि जरिवाना तिराएको छ । महानगरका अनुसार जथाभावी नयाँ पिच सडक खन्ने विवेक शरफिलाई जरिवानास्वरुप १५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
 

टिप्पणीहरू