मधेशमा कर्मचारी आवश्यकता

मधेशमा कर्मचारी आवश्यकता

मधेश प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । आज सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका विभिन्न पदमा ४२ जना कर्मचारी नियुक्तिका लागि आवेदन मागेको हो । 

आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २४ गतेसम्म अनलाइनमार्फत आवेदन लिन सक्नेछन् । 

दोब्बर दस्तुर तिरेर कात्तिक १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू