लायन्स क्लबको हाजिरीजवाफमा विजयी फुटुङ माविलाई एक लाख

लायन्स क्लबको हाजिरीजवाफमा विजयी फुटुङ माविलाई एक लाख

लायन्स क्लबको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । राजधानी काठमाडौंका तारकेश्वर, टोखा, बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाका २५ वटा माध्यमिक विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा प्रथम भएको फुटुङ माविले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । 

दोस्रो भएको नौलिङ माविले ५० हजार नगद र तेस्रो मनमैजु माविले २५ हजार नगदसहित प्रमाणपत्र र पदक प्राप्त गरेको बताइएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गरेको उक्त प्रतियोगितामा तारकेश्वर डाउन टाउनसहित अन्य २० क्लब सह–आयोजक थिए ।  

क्लबले सामुदायिक विद्यालयका विद्यार्थीको गुणस्तर र सामाजिक क्रियाकलापमा सहभागिता जनाउन उक्त प्रतियोगिता आयोजना गरेको हो ।  

तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनले विजेता विद्यालय र विद्यार्थीलाई बधाई दिँदै नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले सामाजिक रुपान्तरणको कार्यक्रममा लायन्स क्लबलाई साथ र सहयोग गरिरहने बताए ।

टिप्पणीहरू