बैंक म्यानेजरबाट हटेपछि सोझै त्रिशुलीमा बिसर्जन

बैंक म्यानेजरबाट हटेपछि सोझै त्रिशुलीमा बिसर्जन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हेटौंडा शाखाका म्यानेजरले त्रिशुली नदीमा हाम फालेर ज्यान फालेका छन् । ३७ वर्षे निरञ्जन देवकोटा अस्ति बेलुकीपख एकाएक मोटरसाइकलबाट ओर्लेर नदीमा फाल हालेको प्रहरीले जनाएको छ ।

म्यानेजर हुँदा बैंकिङ व्यवहार बिगारेको बताउँदै अनुसन्धानमा संलग्न प्रहरी स्रोत भन्छ, ‘क्लाइन्ट (ग्राहक) सँग राम्रो हुँदा कुरो बाहिर निस्केन । पछिल्ला दिनमा अप्ठेरोमा परेका थिए । काठमाडौंस्थित हेड अफिसमा सल्लाह गरेर फर्कने क्रममा वीच बाटोमा बाइक बिसाएर नदीमा हाम फालेको देखिन आएको छ ।’ 

यता,बैंक स्रोतले भने मेगासङ्ग बैंक मर्ज गरेपछि उनी ब्राञ्च मेनेजरबाट घटुवा भएको उल्लेख गरेको छ । पहिले म्यानेजर हुँदाका कारोबार बाहिर आएपछि उनले गलत बाटो रोजेको हुनसक्छ ।

हेटौंडाका देवकोटाले होटल व्यवसाय पनि सञ्चालन गरेका थिए । नदीमा हामफालेका उनको खोजी भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

टिप्पणीहरू