प्रधानन्यायाधीशकाे नयाँ दिल्लीबाट आगमन

प्रधानन्यायाधीशकाे नयाँ दिल्लीबाट आगमन

भारत जानुभएका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ स्वदेश फर्कनुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१८ मा नयाँ दिल्लीबाट साँझ पौने ७ बजे काठमाडौं आइपुग्नुभएको हो । 

उहाँसँगै टोलीका अन्य चार जना पनि सोही उडानमा आएको बताइन्छ । कानुन सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश नेतृत्वको टोली गत आइतबार त्यता गएको थियो ।

टिप्पणीहरू