राँको समाउने मान्छेको अभावमा दुर्गा प्रसाईंको मसाल जुलुस स्थगित

राँको समाउने मान्छेको अभावमा दुर्गा प्रसाईंको मसाल जुलुस स्थगित

दुर्गा प्रसाईं नेतृत्वको समूहले आज साँझ आयोजना गर्ने भनिएको मसाल जुलुस कार्यक्रम स्थगित भएको छ । प्रसाईं नेतृत्वको नागरिक मुक्ति अभियानले बेलुकी साढे ५ बजे पाटनमा निकाल्ने भनिएको राँके जुलुस राँको समाउने मान्छेको अभावमा रोकिएको बुझिएको छ ।

उता, भक्तपुरस्थित प्रसाईं निवासमा गौशालाबाट बिहान गएका केही प्रदर्शनकारी आज त्यहिँ बसेको बताइन्छ । प्रसाईं भने पर्सि भक्तपुरमा र शनिबार ललितपुरमा विरोध प्रदर्शन गरेपछि झापा जाने अभियानले जनाएको छ ।

टिप्पणीहरू