प्रभु साहका कार्यकर्ताद्वारा राष्ट्र बैंक घेराउ, प्रदेश बन्दको चेतावनी

प्रभु साहका कार्यकर्ताद्वारा राष्ट्र बैंक घेराउ, प्रदेश बन्दको चेतावनी

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को मधेश प्रदेश कमिटीले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । बैंक तथा सहकारीको चर्को ब्याज असुलीविरुद्ध आजपा आज विरोध प्रदर्शनमा उत्रिएको हो । 

बैंक तथा वित्तिय संस्थाको मनोमानी ब्याज फिर्ता लिन माग गर्दै प्रदर्शनकारीहरुले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले ‘बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर,’ ‘लघुवित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर,’ ‘किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गर,’ लगायत प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका हुन् ।

उक्त पार्टीका महासचिव उपेन्द्र साहले माग पूरा नभएमा मधेश प्रदेश बन्द गर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू