सहकारीको लफडामा एक से एक हस्ती पक्राउ

सहकारीको लफडामा एक से एक हस्ती पक्राउ
सुन्नुहोस्

-अन्जनकुमार

"को हो रातोपाटी अनलाइनको सँवाददाता  ? गंगा थापापछि पनि दुई दुइटा डिएसपी चेन्ज भैसके । अझै लमजुङको डिएसपी गंगा थापा भनेर लेख्छ । अनि तिमीहरु के हेरेर बसेका छौ ? त्यो जनआस्थाले ठेलेको ठेल्यै छ फरारलाई पक्राउ गर्न सकेन भनेर । प्रहरीले नै आरोपी भगाएको कुरा छ । ती आरोपीसङ्ग प्रहरीले बसेर रक्सी खाने गरेको कुरा पनि सुनेको छु । यदि त्यसो हो भने राम्रो भएन ।

मेरो इमान्दारिता र सोझोपनको फाइदा उठाउन खोजिएको हो भने राम्रो हुँदैन । प्रहरी लोभ,लालचमा फसे र मुध्दा परेका व्यक्तिसङ्ग उठबस गरेको मैले थाहा पाएँ भने निको मान्दिन । के म नै फरार अभियुक्तको खोजीमा निस्कौँ ? प्रहरीकै मितेमतोमा पुर्जी काटिएकाहरुलाई भगाए भन्ने छ । जोसुकै होस्,समात्नु ।"- निकै भलाद्मी लाग्ने डिएसपी मीनबहादुर घले यसरी कड्किएकै भोलिपल्ट कालिका सहकारी ठगी प्रकरणमा मुछिएका मर्स्याङ्दी क्याम्पसका प्रमुख हरिबाबु थापा पक्राउ परे ।

उच्चले सो रिट खारेज गरी मङ्सिर ६ गते पुनर्बहालीको क्लिन चिट प्रदान गरेको थियो थापालाई । दुर्भाग्य,पुनर्बहाली भएको महिना दिन नपुग्दै गत आइतबार साँझ ठूलो दारपातका थापा पक्राउ परेका हुन् ।

२९ बर्षदेखिका लगातार क्याम्पस प्रमुख थापामाथि क्याम्पस प्रमुख छनौट प्रक्रियामा समेत किर्ते गरेको आरोप लागेको थियो । गत असोज १० गते मतदान प्रक्रियाबाट प्रत्यासी बनेका पदम राउतलाई पराजित गरेर चार बर्षे कार्यकाल रिन्यु गरेका उनलाई एमाले लमजुङका सचिव सुभाष पौडेल र बेशीशहर नपाका मेयर गुमानसिङ अर्यालको साथ थियो भने राउतलाई एमाले जिल्ला सदस्य जुन तामाङको ।

दुवै प्रत्यासी काङ्ग्रेस निकट थिए । एमाले पार्टीमा थापालाई सहयोग गर्ने नीति थिएन । तर सचिव सुभाष र मेयर अर्यालले थापालाई सहयोग गरेपछि राउतको दाल गलेन । तर थापाले  क्षेत्राधिकार मिचेर मतदान गरी प्रमुख हत्याएको भन्दै राउतहरुले उच्च अदालतमा रिट हाले । उच्चले सो रिट खारेज गरी मङ्सिर ६ गते पुनर्बहालीको क्लिन चिट प्रदान गरेको थियो थापालाई । दुर्भाग्य,पुनर्बहाली भएको महिना दिन नपुग्दै गत आइतबार साँझ ठूलो दारपातका थापा पक्राउ परेका हुन् । थापा मर्ज हुनुपूर्व कालिका सहकारीको सचिव थिए ।

कमसल धितो देखाई ऋण लिएको मात्रै नभएर सन्चालक समितिको निर्णयबिना प्रतिबध्दतालाई उल्टाउँदै आफ्नो सेयर रकम निकासा र अपचलन गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख थियो । आइतबार पक्राउ परेका थापालाई सोमबार पाँच दिनको लागि म्याद थपेर हिरासतमा राखिएको छ भने अन्यको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

कालिका सहकारीको रकम अपचलन गरेको आरोपमा दोश्रो पटक पक्राउ पुर्जी जारी गरिएका २६ जनामध्ये शुरुमै क्याम्पस प्रमुख थापा पक्राउ परेका हुन् । नबिराउनु,नडराउनु, प्रहरीले पक्राउ गरेको भनेर प्रचार गरे पनि आफू निर्दोष भएकोले आफै प्रहरीमा उपस्थित भएको थापाले बताए । अध्यक्ष शिव सिलवाल र २ जना पत्रकारसहित छ जना गत १० गते नै पक्राउ परेका थिए भने मुख्य आरोपी मृगेन्द्र घिमिरे र बिनिता घिमिरे अधिकारी कुन दुलोमा लुकेका छन् प्रहरीले मेसो पाउन सकेको छैन । 

टिप्पणीहरू