उमेरसम्वन्धी उजुर हालिएका सिग्देललाई निमित्त ३ तारेको जिम्मा

उमेरसम्वन्धी उजुर हालिएका सिग्देललाई निमित्त ३ तारेको जिम्मा

तीन तारे जर्नेल सीताराम खड्का अवकाशपूर्व बिदामा बसेपछि उपरथी अशोकराज सिग्देललाई निमित्तको जिम्मेवारी दिइएको छ । उमेर हदका कारण आगामी पुस ३ गते निवृत्तभरणमा जान लागेका उनको जिम्मेवारी वरिष्ठताको आधारमा सिग्देललाई दिइएको हो । 

‘उहाँँले सम्हाली आउनुभएको बलाध्यक्ष तथा निमित्त बलाधिकृतको कार्यभार श्री व्यवस्था,नीति तथा योजना विभागका विभागीय प्रमुख,ब्य.नं. १६१४ उपरथी श्री अशोकराज सिग्देललाई सम्हाल्न रथीवृन्दलाई जानकारी गराउने व्यवस्था हुनसमेत अनुरोध’, पत्रमा उल्लेख छ । 

जर्नेल खड्का हिजोबाट अवकाशपूर्व अनिवार्य बिदामा बसेका छन् । उनी बिदामा बसेपछि सिग्देललाई कार्यभार हस्तान्तरण गरिएको छ । रथी हुने लाइनमा रहेका सिग्देलको उमेर विवादसमेत ताराध्वज पाण्डेपछि अहिले चर्चामा छ । सरोजप्रताप राणाको अवकाश र सीताराम खड्का बिदामा बसेपछि नेपाली सेनामा अहिले दुबै तीन तारे जर्नेलको पदरिक्त छ ।

टिप्पणीहरू