एमसिसीको प्रगति विवरण बुझ्न उपाध्यक्ष ब्रुक्स मध्यराती काठमाडौंमा
![एमसिसीको प्रगति विवरण बुझ्न उपाध्यक्ष ब्रुक्स मध्यराती काठमाडौंमा](https://janaaastha.prixacdn.net/media/albums/received_755566583197844_IvEaLCGebp.jpeg)
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का भाइस प्रेसिडेन्ट जोनाथन अल्बर्ट ब्रुक्स काठमाडौं आइपुगेका छन् ।
उनी क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६०३ मा राति साढे ११ बजे हङकङ हुँदै आएको बुझिएको छ ।
ब्रुक्स नेपालमा कार्यान्वयनमा रहेको एमसिसी परियोजनाको प्रगति विवरणबारे जानकारी लिन आएका हुन् ।
उनले काममा भइरहेको ढिलाइबारे एमसिए नेपालसँग छलफल गर्ने छन् । त्यसैगरी सरकारी अधिकारीहरुसँग पनि उनको भेटघाट कार्यक्रम तय भएको छ ।
टिप्पणीहरू