पूर्व राष्ट्रपति भण्डारीको आज सुर्खेतमै बास

पूर्व राष्ट्रपति भण्डारीको आज सुर्खेतमै बास

पूर्व राष्ट्रपति विद्या भण्डारी सुर्खेत पुग्नुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए १३५ मा दिउँसो सवा ३ बजे काठमाडौंबाट त्यसतर्फ जानुभएको हो । 

उहाँले स्थानीय सिटी हलमा हुने प्रथम कर्णाली प्रदेश महिला सम्मेलनको भोलि उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले सम्मेलनको आयोजना गरेको हो ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, महिला नेत्री, आमा समूह र वडा समितिका अगुवा महिलाहरु सहभागी हुने जानकारी दिइएको छ ।

उहाँको भोलि बेलुकी राजधानी फर्कने कार्यक्रम छ । आज स्थानीय सिद्धार्थ होटलमा बस्ने आयोजक समितिका सदस्यहरुले बताएका छन् ।

टिप्पणीहरू