मंसिरदेखि बेपत्ता सरकारी इञ्जिनियरलाई १५ दिनको सूचना

मंसिरदेखि बेपत्ता सरकारी इञ्जिनियरलाई १५ दिनको सूचना

यातायात व्यवस्था विभागमा कार्यरत इन्जिनियर राहुल पंजियारलाई स्पष्टिकरण सोधिएको छ । 

लामो समयदेखि गैरहाजिर रहेका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ दिनभित्र चित्तबुझ्दो स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय गर्ने मन्त्रालयको चेतावनी छ । 

सूचनामा भनिएको छ, ‘तपाई बिना सूचना कार्यालयमा अनुपस्थित रहेको हुँदा निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) १ बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइने जानकारी दिइएको छ ।

उनी मंसिर ४ गतेदेखि गैरहाजिर रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू