अमिर आउनुअघि कतारका सरकारी अधिकारीहरुको ओइरो

अमिर आउनुअघि कतारका सरकारी अधिकारीहरुको ओइरो

कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी बुधबार र बिहीबार हुने भनिएको भ्रमण तयारीका लागि कतारी अधिकारीहरु दिनहुँ काठमाडौं आउने क्रम जारी छ । 

विमान बंगलादेशको उडानमा आज दिउँसो ढाका हुँदै खालिद अब्दुल्ला अल नाइमी आएका छन् । प्रयोजनको लागि अस्तिराति दुई जना कतारी अधिकारी बैंकक हुँदै काठमाडौं आएका हुन् ।

थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीमा युसुफ अहमद वाइबी अलसायद र अब्दुल्ला मोहम्मद सिद्धिक क्युएस अल इमादी थिए । कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४६ मा आएको अर्को टोलीमा सालेम रशिद अल घिर्निक र मतेब इब्राहिम अल रेमाइही थिए ।

त्यसअघि सोमबार पनि २२ जना कतारी अधिकारीहरु भ्रमण तयारीका लागि दोहाबाट सोझै काठमाडौं आएका थिए । कतारका अमिरलाई नेपाल सरकारका तर्फबाट हात्तीका दुई वटा बच्चा (छावा) उपहार दिने तयारी गरिएको छ ।

टिप्पणीहरू