उता चुनाव चल्दाचल्दै भारतीय सीमा हेर्ने डिआइजी पशुपतिमा प्रकट

उता चुनाव चल्दाचल्दै भारतीय सीमा हेर्ने डिआइजी पशुपतिमा प्रकट
सुन्नुहोस्

विभिन्न प्रदेशमा जारी चुनावको तनाववीच भारतीय सीमा सुरक्षा बलको एउटा टोली काठमाडौं आएको छ । सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन एसएसबीका डिआइजी राजेश टिकुको नेतृत्वमा पाँच सदस्यीय टोली हिजो दिउँसो बिराटनगर हुँदै आइपुगेको बुझिएको छ । 

सौर्य एअरलाइन्सको उडानमा दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको टोलीले साँझ पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आरती अवलोकन गरेको थियो । डिआइजी टिकुको टोली सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित बैठकमा सहभागी हुन काठमाडौं आएको गृह मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

टिप्पणीहरू