प्रहरी महानिरीक्षक राति दोहा हुँदै फ्रान्सतर्फ

प्रहरी महानिरीक्षक राति दोहा हुँदै फ्रान्सतर्फ

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स गएका छन् । उनी तीन सदस्यीय टोलीका साथ गएराति साढे २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै त्यसतर्फ गएका हुन् ।

महानिरीक्षक कुँवरले फ्रान्सको लियोन शहरमा भोलिदेखि तीन दिनसम्म हुने हेड्स अफ एनसीबी कन्फरेन्समा भाग लिनेछन् । उनलाई निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

टिप्पणीहरू