रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो
सुन्नुहोस्

ललितपुरमा भइरहेको रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा आज नरिवल खसालिएको छ । साँझ सवा ५ बजेको साइतमा रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

रथ लगनखेल पुगेपछि नरिवल खसालिएको हो । पुल्चोकबाट शुरु भएर झण्डै दुई महिनासम्म हुने रथयात्रा जावलाखेलमा भोटो देखाइएपछि औपचारिक रुपमा समापन हुन्छ । यो जात्रा झण्डै १६ सय वर्ष पूरानो मानिन्छ ।

टिप्पणीहरू