दीर्घ रोगीलाई उपचार खर्च बाँड्न ढिलाई

दीर्घ रोगीलाई उपचार खर्च बाँड्न ढिलाई

काठमाडौं महानगरपालिकाले औषधी उपचार खर्च वितरणमा ढिलाई हुने जानकारी गराएको छ । 

महानगरका अनुसार ‘ईन्ट्रीग्रेटेड फाइनेन्सियल म्यानेजमेण्ट इन्फरमेशन सिस्टम (एलएमबीआईएस)’ मा समस्या भएकाले उपचार खर्च वितरण गर्न ढिलाई हुने भएको हो । 

महानगरले ‘मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम उपचार खर्च उपलब्ध गराउँदै आएको छ । 

‘मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम बिरामीले पाउने औषधी उपचार रकम काठमाडौं महानगरपालिकाबाट चौमासिक रुपमा उपलब्ध गराउँदै आएकोमा काठमाडौं महानगरपालिका वित्त विभागबाट प्राप्त जानकारीअनुसार हाल एलएमबीआईएसमा अख्तियारी नदेखिएकोले वितरण गर्न केही दिन ढिला हुने’, आज जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू