मदनकृष्ण,हरिवँशमाथि भयानक आक्रमण

मदनकृष्ण,हरिवँशमाथि भयानक आक्रमण

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति यसअघिको धारणा सच्याएका छन् । 

सिरोहिया पक्राउपछि कान्तिपुरले विभिन्न क्षेत्रका व्यक्तिसँग प्रतिक्रिया लिएको थियो । त्यसक्रममा मह जोडीसँग पनि घटनाबारे सोधिएको थियो । उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा कान्तिपुर र सिरोहियाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनको गिरफ्तारीप्रति अप्रत्यक्ष असन्तुष्टि जनाएका थिए । 

उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा विवादित भएपछि अष्ट्रेलियामा रहेका उनीहरुले आज भिडियो सन्देश जारी गर्दै हतारमा प्रतिक्रिया दिँदा आफूहरुबाट त्रुटी भएको बताएका हुन् । 

'अस्ति हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं,त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ', मदनले भनेका छन्, 'एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं, के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा हामीबाट केही त्रुटि हुन गएको महसुस भएको छ ।'

हरिवंशले पनि त्रुटी स्वीकार गर्दै दर्शकहरुलाई माफी दिन अनुरोध गरेका छन् । अदालतमा विचाराधीन मुद्धामा बोलेर गल्ती भएको उनको भनाई छ । भनेका छन्, 'अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट यो त्रुटि भयो । हामीलाई आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । र यो पनि सबै कुरा बिर्सिएर माफी दिनहुन अनुरोध गर्छौं ।' यसअघि यी दुई वरिष्ठ कलाकारमाथि सामाजिक सन्जालमार्फत "मरिजाओस्" शैलिका अराजक शव्दले आक्रमण हुन थालेको थियो ।
 

टिप्पणीहरू