कोटेश्वरका सभापतिलाई नेविसंघको स्ववियु परिषद् सभापतिको जिम्मेवारी

कोटेश्वरका सभापतिलाई नेविसंघको स्ववियु परिषद् सभापतिको जिम्मेवारी

कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्ववियु परिषदमा मनोनीत भएका छन् । 

संघका अध्यक्ष दुजाङ शेर्पाले संघको विधान र नियमावलीबमोजिम बुढाथोकीलाई रिक्त रहेको स्ववियु परिषद् सभापतिमा मनोनयन गरिएको जनाइएको छ । 

पत्रमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको विधान २०२७ ९परिमार्जित र संशोधित २०७५० को भाग ३ को धारा ९६० र नियमावली, २०७३ परिच्छेद ११ को व्यवस्थाबमोजिम रिक्त रहेको स्ववियु परिषद्को सभापति पदमा तपाई सञ्जय बुढाथोकीलाई मनोनयन गरिएको छ ।’ 

अध्यक्ष शेर्पाले स्ववियु परिषद् राष्ट्रिय अधिवेशन आगामी तीन महिनाभित्र सम्पन्न पनि निर्देशनसमेत दिएका छन् ।

टिप्पणीहरू