भ्रष्टाचारमा पूर्वमेयरसहित १४ जना संलग्न
बाजुराको बुढीगंगा नगरपालिकाका पूर्वमेयर दीपकविक्रम शाह भ्रष्टाचारमा तानिएका छन् । नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीसहित १४ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, छैटौं तहका अधिकृत नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी छन् ।
त्यस्तै, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, अस्सिटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक वसन्तबहादुर थापा, जाग्रिति एमके नेपाल जेभीका प्रबन्धक रोका र आधिकारिक प्रतिनिधि सुरतबहादुरउपर पनि मुद्दा चलेको छ ।
आर्थिक वर्ष २०७८–०७९ मा नगरपालिकाको भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो । जसमा उनीहरुको मिलेमतोमा तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सो रकम जफत गरी उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू