सबै श्रेणीहरू

कांग्रेस नेतालाई चाहियो सत्तरी हजार

कांग्रेस नेतालाई चाहियो सत्तरी हजार फाइल फोटो

नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन आग्रह गरेका छन् ।
 
यसअघि पनि त्यहाँका मतदाताले आफूलाई अत्याधिक मत दिएको स्मरण गर्दै उनले अंक नै तोकेर भोट मागेका हुन् । फागुन २१ गते हुने चुनावमा देशकै सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको पनि शर्माले बताए । 

सबैभन्दा बढी मत पाउँदा संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको तर्क छ । नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै शर्माले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी भए महत्वपूर्ण अर्थ राख्ने दावी गरे ।

७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने उनको कुरा छ । यसअघि फागुन २१ मा चुनाव भए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका शर्मा कांग्रेसमा शेरबहादुर देउवाका विरोधी नेता हुन् । 

अहिले नयाँ दलहरूलाई हावा हुन्डरीको संज्ञा दिए पनि अलि अगाडिसम्म उनी रवि लामिछाने र बालेन्द्र साहको फ्यान थिए । रविलाई जेलमै पुगेर भेटेका उनले बालेन्द्रले विभिन्न व्यक्तिलाई आफ्नै निवास ज्वागल बोलाएर भेटघाट गर्दा यिनी पनि लाइनमा देखिएका थिए ।