गत बिहिबार उम्मेदवारी फिर्ता लिने दिन बिहानै डा. बाबुराम भट्टराई प्रचण्ड निवास,हात्तिवन पुगेका थिए । आगामी निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका लेखनाथ न्यौपानेलाई उम्मेदवारी फिर्ता लिन लगाउनुपर्ने भट्टराईको आग्रह थियो ।
प्रचण्डसँग न्यौपानेलाई पछि हटाउन भट्टराईले निकै आग्रह गरे । बाबुरामको पहल थाहा पाएरै न्यौपानेले अघिल्लो दिनदेखि मोबाइल बन्द गरी बसेका थिए भने नेकपा गोरखा इञ्चार्जले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने जानकारी संयोजक पुष्पकमल दाहाललाई दिइसकेका थिए ।
बाबुरामको पहल थाहा पाएरै न्यौपानेले अघिल्लो दिनदेखि मोबाइल बन्द गरी बसेका थिए ।
गोरखाका अन्य नेता तथा कार्यकर्ताले केन्द्रले भने पनि न्यौपानेले उम्मेदवारी फिर्ता नलिने,फिर्ता लिन लगाए पनि बाबुरामलाई भोट नहाल्ने चेतावनी दिएपछि प्रचण्डले उम्मेदवारी फिर्ता गराउन नसकिने जवाफ भट्टराईलाई दिएको बताइन्छ । उक्त जवाफपछि फर्केका भट्टराईले दिउँसो बल्ल उम्मेदवारी फिर्ता लिएका हुन् ।
कतिपयले सो क्षेत्रका रास्वपा उम्मेदवार तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन उनले राजीनामा दिएको बताएका छन् । रास्वपा र रास्वपा परिचालन गर्ने अदृश्य शक्तिले समेत आगामी राष्ट्रपतिको आश्वासन दिएको प्रचार व्यापक छ । तर, विगतमा त्यस्तै आश्वासनमा विश्वास गरेकाले अहिले पनि प्रचण्डलाई ‘भित्ते राष्ट्रपति’ भनेर विपक्षीहरुले गिज्याउन छाडेका छैनन् ।